कंगना पनि कोरोना संक्रमित

भारतका कोरोना संक्रमितको संख्या भयावह बन्दै गइरहेको अवस्था छ । यसैबीच कलाकारहरु पनि कोरोनाको शिकार बनिरहेका छन् । अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आज सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले इन्स्टाग्राममा लेखेकी छन्,‘मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा कोरोना पोजेटिभ आएको छ । कोरोना मलाई देखिएपछि घरभित्र नै बसिरहेकी छु ।’
उनका अनुसार केहि दिन अघि कोरोना परीक्षण गराएकी थिइन् । कोरोना परिक्षण पछि हिमाञ्चल जाने कंगनाको योजना रहेको थियो । तर, आज आफुलाई कोरोना संक्रमण देखिएपछि घरमा नै बसिरहेको बताएकी छन् । उनले डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा जानकारी दिएकी छन् ।