अजय र आनन्द मिलेर मुम्बईमा कोभिड केयर स्थापना

कोरोना संक्रमित बढ्न थालेपछि बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । उनीहरुले खोलेको कोभिड केयरर सेन्टरमा बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गरिने छ ।

भारतिय समाचारका अनुसार यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा राखिएको छ । समाजसेवामा सक्रिय रहदै आएका अभिनेता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र निर्माण गरेका छन् । जहाँ २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध रहेको छ ।

अजय र पण्डितले मुम्बईमा तीनवटा कोभिड केयर सेन्टर खोल्ने योजना बनाएका छन् । उनीहरुले ‘बोरावली सेन्टरमा २५ बेडको निर्माण गर्ने तयारीमा रहेका छन् भने मुम्बईका अलग–अलग हिस्सामा ७५ वटा शैयाको व्यवस्था गर्ने योजना रहेको पण्डितले बताए । उनले भने ,‘हामीले धेरै अस्पतालहरूका डाक्टर र विज्ञहरुसँग सहायता लिइरहेका छौं । बिरामीको उपचारको सम्पूर्ण खर्च हामी नै व्यहोर्ने सतर्तमा कोभिड केयर सेन्टर निर्माण गर्न लागेकाछौं ।’