मोडल रश्मीले सुटुक्क लगनगाँठो कसेर उडिन् अमेरिका (फोटो फिचर सहित)

- मेराेफिल्म

एक समय लोक तथा दोहोरी गीतको भिडियोमा एकछत्र राज गरेकी मोडल रश्मी तामाङले विवाह गरेकी छन् । उनले गोर्खाको अनिल राना मगरसँग लगन गाँठो कसेकी हुन् । रश्मीले गोर्खाका अनिलसँग विवाह गरेको फोटोहरु सामाजिक संजाल मार्फत पोष्ट गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन् ।
सुटुक्क विवाह बन्धनमा बाँधिएकी रश्मीले गते गत १२ गते विवाह गरेको बताइएको छ । अमेरिकामा बस्दै आएका अनिलसँग विवाह गरे लगतै उनीहरु अमेरिका पुगेका छन् । लोक दोहोरी म्युजिक भिडियोमा सबैभन्दा धेरै पारिश्रमिक लिने रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् । उनले मोडलिङ गरेका गीतहरु प्राय सबै चर्चित रहेका छन् ।

२०७८ वैशाख २६ गते ७:५८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *