प्रियंकालाई शुभचिन्तकको प्रश्न ? सेलिब्रेटीले भुँडी मात्र देखाउने होइन, सन्देश मुलक कुरा नि दिनुपर्यो’

अभिनेत्री प्रियंका कार्की आमा बन्ने तरखर गर्दैछिन् । उनले आफु आमा बन्न लागेको तस्विर सामाजिक सञ्जालमार्फत दिनहुँ जसो पोष्ट गरिरहन्छिन् । उनी आफु आमा बन्न लागेकोमा अत्यन्तै खुुसी देखिएकी छन् ।

ठुलो पेट सहितको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दा कमेन्टकर्ताले प्रियंका मात्रै हो पहिलो पटक आमा बन्न लागेको हो भन्दै सोधिरहेका छन् । तर, यसको जवाफ प्रियंकाले दिएकी छैनन् । धेरै जसो कमेन्टकर्ताले प्रियंकाले यसरी सामाजिक सञ्जालमा आफु आमा बन्न लागेको तस्विर पोष्ट नगर्न सुझाव दिएका छन् तर उनले वास्तै गरेकी छैनन् ।

फेसबुक प्रयोगकर्ता ईश्वर पोखरेल ‘गुल्मेली’ लेखेका छन्,‘यो समय सेलिब्रेटिले सामाजिक संजालमा भुडि देखाउने मात्र हैन त्यो संगै सन्देशमुलक कुरा आपतकालिन सहयोग संघसस्थासंग सम्मन्वयन गरेर घरमै बसीबसी पनि केहि ति गरीब भोक र रोगले छटपटाई रहेका जनताको लागि राहतको काम गर्नुहोस जसले तपाईलाई आजको स्थानसम्म पुर्याए ।’

त्यस्तै, अर्की फेसबुक प्रयोगकर्ता झरना गहतराजले कमेन्टबक्समा लेखिन्छन्,‘ कस्तो होला त्यो बिकटको गाउँ ठाउँमा चेकजाँच गर्न जान नपाए र छ्टपटिएकी ती गर्भवती महिलाहरुको फोटो र अनुहार हेर्न मन छ मलाई ? प्रियंका दिज्यु हुन त तपाईंको ब्यक्तिगत स्वतन्त्रताको कुरा हो हामी दर्शकले यसरी टिप्पणी गरि राख्न त अलिक मिल्दैन तर पनि दिज्यु अनुरोध गर्दछु । हजुरलाई कि देशमा यस्तो महामारी आइरहेको अवस्थामा कयौं जनता रोगले र भोकले मरिरहेको छन् त । तपाईं चै यो गर्भवती हँुदाको अनुहार र फोटाहरु सामाजिक संन्जालमा धेरै रङ्गाई राख्नु भाछ । अरे,तपाईं एउटा चर्चित कलाकार सेलेबेटी हो थाहा छ त हामीलाई । सेलेबेटिको जिम्मेवारी के हो त्यसलाई पनि ध्यान दिन्नुस न।’

हुन त अभिनेत्री प्रियंका कार्कीलाई अरुले के भन्छन् भन्ने कहिलै लाग्दैन । उनका बारेमा हरेक गसिप बनेर प्रकाशित हुँदा पनि उनी आलोचना खासै गर्न चाहान्नन् । उनले आलोचना गरेको पनि खासै सुनिदैनन् । आफुलाई जे ठिक लाग्छ । त्यहि गर्ने प्रियकालाई सानोतिनो सुझावले पनि के थुन्थ्यो र हैन त प्रियंका ।