आमाको सम्मानमा डि आरले ल्याए विश्व किर्तिमानी गीत

मातातिर्थ औंसीको अबसर पारेर विश्व किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो नयाँ गीत ‘आमा’को भिडियो सार्वजनिक गरेका छन् । गीत संगीतमै ५२ वटा विश्व रेकर्ड कायम गर्न सफल यी पहिलो नेपाली गीतकार यो गीतबाट पनि हालै विश्व रेकर्ड बनाएका थिए ।

यो गीतमा सबै भन्दा बढी पटक आमा शब्दको प्रयोग गरिएको छ । यही प्रयोगका कारण यो गीतले विश्व रेकर्ड बनाएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न चर्चित वल्र्ड रेकर्ड गीत संगीत, साहित्यको ५२ विधामा बनाएका हुन् । यसरी विश्व रेकर्ड बनाएपछि यो गीतको लिरिकल भिडियो उनले यतीबेला युट्युव मार्फत सार्वजनिक गरेका छन् ।

यो गीतलाई कृष्ण कार्कीले गाएका छन् । जसमा सागर अधिकारी ‘शरद’को संगीत रहेको छ । गीतलाई देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन् । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को अबसर पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक गरिएको गीतकार उपाध्यायले बताएका छन् । गीतको भिडियोलाई डी आर म्युजिक एन्ड क्रियसनबाट रिलिज गरिएको छ ।