‘लुट्न सके लुट ’का गायक लेख्छन्,‘अब के गरौ सोचिराछु’

कोरोनाको दोस्रो लहरका कारण हरेक क्षेत्र तहस नहस भएको छ । सरकारले कोरोना कहरको दोस्रो लहरले छोपेपछि देशका अधिकांक जिल्लामा निषेधाज्ञा लागु गरेको दुइ साता पुग्न लागेको छ । यस्तो अवस्थामा नेपाली कलाकारलाई पनि मारमा पारेको छ ।

स्टेजका गाउने गायक गायिकाहरुलाई पनि यसले अवको बाटो के गर्ने भनेर सोच्न बाध्य पारिरहेको छ । यहि बीचमा लोकप्रिय गायक पशुपति शर्माले अव के गर्ने भनेर आफु सोचिरहेको बताएका छन् । निषेधाज्ञामा आफु केहि नगरी बस्न नसक्ने भएकाले के गरौँ भनेर आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जालमार्फत सोधेका छन् ।
आफुलाई राजनिती गर्न नआउने र त्यहाँ अनेक जालझेल गर्नु पर्ने हुन्छ । समाजसेवा बन् पनि त्यस्तै गर्नुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् । गीत गाउनमा पनि सजिलो नभएको तर्क उनको छ । घरमा यसै बसौं मन नमान्ने भएका कारण अव के गरौँ भन्दै आफ्ना फ्यानहरुलाई प्रश्न गरेका छन् ।
उनले हालै ‘सारांगी र्याई र्याई बोलको गीत सार्वजनिक गरेका छन् । जुन गीत अहिले समाचार तयार पार्दासम्म युटुवको ट्रेन्डिङ ८ मा रहेको छ । गायक शर्माका ‘क्याम्पस पढ्न आउने, मलाई अमेरिका यही, लुट्न सके लुट कान्छा, लगायत दर्जनौ गीत हिट रहेका छन् । यसमध्ये ‘लुट्न सके लुट’ गीतलाई विभिन्न भातृ संगठनले रोक लगाएको गीत हो ।