आमाको मुख हेर्ने दिन क्रान्तिको ‘नियतिको खेल’

एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक क्रान्ति केसीले मर्मश्पर्शी भिडियो सार्वजनिक गरेका छन् । एक्काईसौ शताब्दीमा पनि नेपालमा अझैै जातपातलाई मानिन्छ ।

अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको अवस्थामा पनि कहिकतै समाजमा यसको छाप कायम नै छ । यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल…’ को म्युजिक भिडियो सार्वजनिक भएको हो । सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा धुर्ब कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् ।
गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक क्रान्ति केसि कै रहेको छ । भिडियोलाई सुनिल बिसीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।