तेलूगु अभिनेता एनटीआरलाई कोरोना संक्रमण

साउथ फिल्म इन्डस्ट्री तेलूगु सिनेमाका स्टार अभिनेता जुनियर एनटीआरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूमा संक्रमण पाइएको जानकारी दिएका हुन् । उनी र उनका परिवार हाल होम आइसोलेशनमा बसेका छन् ।

यस्तै एनटीआरले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल समेत गरेका छन् ।

एनटीआर छिटै बाहुबली फेम निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको प्रतिक्षित फिल्म आरआरआरमा देखा पर्दैछन् ।