मातातिर्थ औंसीमा राजा राजेन्द्रले ल्याए ‘आमा जननी मेरी माता’

हास्यकलाकार कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसर पारेर आमाहरुको सम्मानस्वरुप यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् । सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा आर्ट प्रयोग गरिएको छ । लिफ आर्टको काम बिराज भण्डारीले गरेका हुन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निकै नै आकर्षक बनेको भन्दै दर्शकबाट राम्रो सुझाव आइरहेको छ ।

https://www.merofilm.com/wp-admin/post-new.php