अञ्जु र राजको स्वर रहेको ‘नौतले दरबार’मा सार्वजनिक

गायिका अञ्जु पन्त र गायक राज खड्काको स्वर रहेको ‘नौतले दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको संगीत संयोजन छ ।

भिडियोमा राज खड्का, जुना सुन्दास, महेश खड्का र अनिसा ओली फिचर्ड छन् ।

आशुतोष ऐडीको कोरियोग्राफी रहेको भिडियोमा उज्जवल जोशीको छायांकन तथा सम्पादन र छवि लामा तामाङ(शिशिर)को निर्देशन छ ।

भिडियो जी टु जी मिडियाको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।