अभिनेता अनुपविक्रम शाही बने ३२ बालबालिकाका अभिभावक

रिल लाइफमा खलनायकको रुपमा चर्चा बटुलेका अभिनेता अनुपविक्रम शाही वास्तविक जीवनमा चाहिँ हिरोजस्तै छन् । मनकारी स्वभावका उनी सामाजिक सहयोगका लागि अघि बढ्छन् ।

दोस्रो लकडाउनकै बीच उनी समाजसेवामा खटिएका छन् । पहिलो लकडाउनमा पनि उनले खाद्यान्नदेखि अत्यावश्यक राहत सामाग्री वितरण गरेका थिए ।

टोखाको ग्रीनल्यान्डस्थित हाम्रो बाल संरक्षण धरोहर नेपाल नामक बाल आश्रम पुगेर मंगलबार अनुपले डेढ महीनासम्म खाद्यान्न वितरण गरे । उक्त आश्रममा रहेका ३२ बालबालिकालाई उनले १ लाख बराबरको राहत सामाग्री प्रदान गरे ।