एलिना र निरायुको ‘मायाको पानामा’

निरायु गौतमको दोस्रो सांगीतिक कोसेली शुभारम्भ डिजिटल म्युजिक मार्फत युट्युबमा सार्बजनिक भएको छ । ‘मायाको पानामा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

यस गीतमा संगीत तथा संगीत सम्योजन ओम सुनारको रहेको छ भने निरायुलाई एलिना चौहानले गायनमा साथ दिएकी छन् । गीतको भिडियोलाई गणेश गिरीले निर्देशन गरेका छन् भने राज आचार्य, प्रियना आचार्य अभिनय रहेको छ । साथै गायक, निरायु गौतमको पनि अभिनय देख्न सकिन्छ ।
पर्वतको कुश्मा, बाग्लुङ लगायतका सुन्दर स्थानमा छायांकन भएको गीतको भिडियोलाई रामेश्वर हुमागाईंले खिचेका हुन् । भिडियो सम्पादन बिकास ज्ञवालीले गरेका छन् । यसअघि निरायुले रचना रिमालसंग‘तिमिलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरेका थिए ।