कोरोना संक्रमण देखिएपछि शिवहरी पौडेल अस्पताल भर्ना

हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । केहि दिन देखि रुघाखोकीले ग्रस्त भएका कलाकार पौडेलले पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

अहिले उनको नैकापस्थित एपीअफ हस्पिटलमामा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ । हास्य सिरियल जिरे खोर्सानीका लेखक, निर्देशक तथा कलार शिवहरी ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चामा रहेका छन् । उनी निर्देशित फिल्म ‘लक्का जवान’ प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ ।