सामाजिक सञ्जालमा आफ्नै श्रद्धाञ्जलीकोे तस्विर आउन थालेपछि हाँसे परेश रावल

बलिउडका अभिनेता परेश रावलको निधनको खबर सामाजिक सञ्जालबाट फैलिएपछि उनी आफै दंग परेका छन् । उनले आफु जिउँदै रहेको कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका छन् । उनले आफ्नो श्रद्धाञ्जली दिएको एक तस्विर सहितको स्क्रिन सर्ट सहित पोष्ट गर्दै आफु जिवित रहेको बताएका हुन् ।
अभिनेता परेश रावलले अफवाहमाथि हाँस्दै आफु मरेको छैन । यसरी अपवाह फैलाउनेलाई धन्यबाद भनेका छन् । मृत्युको हल्ला चलेपछि भारतिय सञ्चारमाध्यमले परेश रावलसँग कुराकानी गरेको छ । उनलाई भारतीय सञ्चार माध्यमले परेश रावललाई ‘तपाईंको मृत्युको अफवाह उडिरहेको छ त’ भनेर प्रश्न गरेको छ । यो प्रश्न सुनेपछि परेश रावल बेस्सरी हास्न थालेका छन् । उनी भन्छन्, ‘होइन…होइन… धन्यवाद तपाईंको शुभकामनाका लागि । तर सबैलाई भन्न चाहन्छु कि म ठिक छु र चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’

बलिउडमा सामाजिक सञ्जालमा कलाकारको मृत्यु भएको हल्ला निकै चल्न थालेको छ । कोरोना कालमा मृत्युको अफवाह फैलाउने ट्रेन्ड नै चलेको छ । केही दिन अघि अभिनेता मुकेश खन्नाको मृत्युको अफवाह उडेको थियो । उनले पनि आफु सकुसल रहेको कुरा सामाजिक सञ्जालमार्फत दिएका थिए ।