मिस युनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु

मिस युनिभर्स २०२१ को प्रतिस्पर्धा सुरु भएको छ । आयोजकले आज बिहान ७५ जना प्रतिस्पर्धीले आ–आफ्नो मुलुकको राष्ट्रिय पोशाक प्रस्तुत गरेसँगै प्रतिष्पर्धा सुरु भएको हो । यसैबीच नेपालबाट मिस युनिभर्समा प्रतिनिधित्व गरेकी अनिष्का शर्माले पनि आफ्नो नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् ।

उनले हिमाल र पर्यावरण प्रतिविम्वित गर्ने पोशाक लगाएकी थिइन् । यसको ग्राण्ड फिनाले सोमबार बिहान पौने ६ बजेदेखि सुरु हुँदैछ । जसका लागि आजैबाट नेसनल कस्ट्युमको भोटिङ सुरु भएको छ भने भोटिङ नजिता र आइतबार बिहानसम्म सार्वजनिक हुने बताइएको छ ।