सलमानको ‘राधे’लाई समिक्षक र दर्शकको खराब रेटिङ

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ हलमा र ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । शुक्रबारबाट रिलिज भएको यो फिल्मलाई समिक्षक र दर्शकले खराब रेटिङ दिएका छन् । दर्शकले सलमानको अभिनयलाई झुर मानेका छन् भने करिअरकै झुर फिल्मको विश्लेषण गरेका छन् ।

लकडाउनको समयमा दर्शकले नयाँ फिल्म नभएपछि हेरेर भनेसाथ दिएका छन् । लकडाउनको समयमा र सलमानका फ्यानले हेरेर साथ दिएका छन् । भारतमा ओटीटी र डीटीएच प्लेटर्फमबाट रिलिज गरिएको यो फिल्मले डिजिटल माध्यममा सर्वाधिक धेरै हेरिएको छ । भारतिय सञ्चारमाध्यका अनुसार यस फिल्मले ओटिटि र डीटीएचमा नयाँ रेकर्ड बनाएको छ ।

रिलिजको पहिलो दिन ४२ लाख भन्द्या बढि हेरिएको छ । आफ्नो फिल्म डिजिटल सिस्टममा धेरै पटक हेरिएको भन्दै सलमानले सामाजिक संजालमा पोष्टर शेयर गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । फिल्मलाई प्रभु देवाको निर्देशन गरेका हुन् भने सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदिप हुड्डा लगायतका कलाकारको अभिनय छ ।