कोरोना नियन्त्रणका लागि सरकारलाई रजतीकान्तको एक करोड

भारतमा कोरोना संक्रमितको बढ्दो अवस्थामा रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि बलिउडका कलाकारहरुले सरकारलाई आर्थिक सहयोग गरिरहेका छन् । अभिनेता रजनीकान्तले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा एक करोड दिएका छन् ।

उनले कोरोना नियन्त्रण गर्नका लागि सरकारलाई आर्थिक सहयोग गरेका हुन् । साथै उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर सरकारलाई एक करोड सहयोग गरेकी छन् । सामाजिक संजाल मार्फत सौन्दर्याले आफु र आफ्नो परिवारका साथ मुख्यमुन्त्री कोषमा एक करोड दिएको उल्लेख गरेकी हुन् ।

सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’