फिल्म निर्देशक तथा लेखक चेतन कार्कीको निधन

नेपाली फिल्म क्षेत्रका सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा छाउनीस्थित अस्पतालमा निधन भएको हो ।
८४ बर्षिय चेनलाई गत आइतबार कोरोना संक्रमित भएपछि छाउनीस्थित अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान १० बजे उपचारका क्रममा निधन भएको हो ।

चेतन कार्कीले ‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका फिल्म निर्देशन गरेका छन् भने सय भन्दा बढी फिल्मका कथा लेखेका छन् । उनले लेखेको पहिलो फिल्म ‘परिवर्तन’ रहेको छ ।