५० थान अक्सिजन किन्न पुष्पको सहयोग

कोरोना संक्रमितले अक्सिजन नपाएर अकालमै ज्यान गुमाउन थालेपछि कलाकारहरुले अक्सिजनको खोजीमा लागेका छन् । आर्थिक अभावका कारण कोरोना संक्रमितले अक्सिजन नपाएरै ज्यान गुमाउन थालेपछि अभिनेता पुष्प खड्काले ५० थान अक्सिजन सिलिन्डर किन्नका लागि आर्थिक सहयोग गरेका छन् ।

उनले आफ्नो गृहजिल्ला कैलालीका कोरोना संक्रमित बिरामीका लागि ५० थान अक्सिजन सिलिन्डर किन्न सहयोग गरेका हुन् । उनले आफु अहिले दर्शककै कारण यो स्थानमा आइपुगेको भन्दै आफुले सक्दो सहयोग गर्ने बताए । यसअघि अभिनेता पल शाहले विभिन्न स्थानबाट अक्सिजन लिएर बाँडिरहेका छन् । उनी आफ्नो गृहजिल्लामा केहि थान अक्सिजन लिएर पुगिसकेका छन् ।