सलमानको दिए ‘राधे’ पाइरेसी गर्नेलाई यस्तो चेतावनी

बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे’ पाइरेसी गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै फिल्म ‘राधे’ कसैले पाइरेसी गरेको पाइए कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् ।

शुक्रबारबाट ओटिटिमा रिलिज भएको फिल्म ‘राधे’ पाइरेसी गरेर हेरेको भन्ने समाचार बाहिर आएपछि सलमान आक्रोशित बनेका हुन् । उनले आक्रोशित हुँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, यो चलचित्रको पाइरेसी भैरहेको छ । जुन गम्भिर अपराध हो । साइबर सेल गैह्रकानुनी रुपमा चलचित्रको पाइरेसी गर्नेविरुद्ध कडा कदम चाल्ने तयारीमा छ । म आग्रह गर्न चाहन्छु, तपाई यसको हिस्सा नबन्नुहोस् । नत्र, साइबर सेलले तपाइको विरुद्धमा कडा कदम चाल्नेछ । प्लिज, संझिनुहोला, तपाई साइबर सेलको निशानामा पर्न सक्नुहुन्छ ।’ फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । भने फिल्म ‘राधे’मा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारले अभिनय रहेको छ ।