अनु र कृष्णहरी ‘सिन्धुली गडी’मा

बिपी राजमार्ग वरिपरी सुन्दर दृश्य कैद गरिएको म्युजिक भिडियो ‘सिन्धुली गडी..’ सार्वजनिक भएको छ । कृष्णहरी चौलागाईको शब्द, स्वर रहेको गीतमा मनोज मालेको संगीत रहेको छ ।

सिन्धुलीको वर्णन गरिएको गीतको भिडियोमा अनु पराजुली, कृष्णहरी ‘बन्धु’ लगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियोलाई सदिप घिमिरे निर्देशन गरेका छन् । कोरियोग्राफर बिराज गिरीको रहेको छ भने , छायांकन नविन गिरीले गरेका छन्।