हिन्दी सिरिज ‘द लास्ट आवर’ मा भिलेन रोबिन तामाङ

रोबिन तामाङले अभिनय गरेको हिन्दी सिरिज अमेजन प्राइमबाट प्रसारणमा आएको छ ।

नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापक  तथा कलाकार रोबिन तामाङ हिन्दी सिरिजमा देखिएका छन् ।

रोबिनले अमेजन प्राइमबाट प्रसारण हुने ‘द लास्ट आवर’ मा अभिनय गरेका हुन्।

उनले अभिनय गरेको हिन्दी अलौकिक क्राइम थ्रिलर ‘द लास्ट आवर’ मे १४ देखि अमेजोन प्राइम भिडियोमा उपलब्ध भएको छ ।

‘रबिन एन्ड दि रेभोल्युसन’ नामको ब्यान्डका भोकलिस्ट तामाङले नेपाली फिल्म ‘छड्के’, ‘नाका’, ‘वन वे’ ,’मुखौटा’,’मेरो पैसा खोइ’ जस्ता फिल्ममा भिलेनको भूमिका निर्वाह गरि सकेका छन्।

यो सिरिजमा पनि उनि भिलेनको भूमिकामा देखिएका छन् । उनी यस सिरिजमा यम नाडु नामक तान्त्रिक पात्रको भुमिकामा देखिने छन् । तर ट्रेलरमा उनलाई प्रस्तुत गरिएको छैन । उनको लुक्स डरलाग्दो देखाईएको छ।

सुपर नेचुरल विधाको यो सिरिजमा तामाङ यामानाडु नामको तान्त्रिक बनेका छन् । भारतको उत्तरपूर्वी राज्यको सेटिङमा आधारित कथाको छायाँकन सिक्किम र मुम्बईमा भएको हो । सिरिजलाई अस्कर विजेता भारतीय फिल्ममेकर आसिफ कपाडियाले निर्माण गरेका हुन् ।

यो सिरिजको कथा देव (कर्मा तापा) नामको एक पात्रमा घुम्दछ, जसले कुनै व्यक्तिको अन्तिम समयमा के हुन्छ भनेर देख्न सक्ने शक्ति पाएका हुन्छन् । अरूप सिंह (सञ्जय कपुर), एक प्रहरी अधिकारी देवको शहरमा सरुवा हुन्छन् । उनी त्यहाँ लगातार भएको हत्याको अनुसन्धानका लागि गएका हुन्छन् । यो केस सुल्झाउन अरूप (प्रहरी अधिकारी) ले देव र उसको अलौकिक शक्तिको सहारा लिन्छन् ।

अमितकुमारको निर्देशन रहेको आठ एपिसोड सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनसँगै दुई दुई दर्जन बढी नेपालीमुलका सिक्किमेलीको अभिनय रहेको छ ।

यस वेब सिरिजमा सहाना गोस्वामी, राइमा सेन रोविन तामाङ र शैले क्रिसेन लगायतको अभिनय रहेको छ ।