गीतकार चेतन कार्कीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गरेका छन् ।

आइतबार साँझ ट्वीट गर्दै प्रधानमन्त्रीले गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गरेका छन्, ‘वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनको खबरले मलाई दुःखित तुल्याएको छ । गीतकार कार्कीप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’