महावीर पुनलाई राजारामको एक लाख सहयोग

अहिले नेपालमा कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकारको अवस्था छ । समयमा नै अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको समाचार बाहिर आइरहदा हास्य कलाकार राजाराम पौडेलले रोकथामका लागि आर्थिक सहयोग गरेका छन् ।

उनले राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । कलाकार राजारामले डा. पुनलाई फोन सम्पर्क गरी आफू पनि जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएको बताएका छन् ।
पछिल्लो समय कलाकार पुष्प खड्का ,पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, विजय लामासहितले अक्सिजन तथा एम्बुलेन्सको जोहो गरेर असाह् तथा आर्थिक कमजोर भएका माथी सहयोगी हात अघि बढाइरहेका छन् ।