प्रियंका चोपडाका श्रीमान निक अस्पताल भर्ना

अभिनेत्री प्रियंका चोपडाका श्रीमान निक जोनस अस्पताल भर्ना भएका छन् ।

नयाँ शो को छायांकनका क्रममा रहेका उनलाई सेटमा घाइते भएपछि १५ मे मा अस्पताल भर्ना गरिएको हो । २८ वर्षिय गायक जोनस आफ्नो गोप्य प्रोजेक्टको छायांकनमा थिए, जसको बारेमा अहिलेसम्म पनि कुनै कुरा बाहिरएको छैन ।

बलिउड हंगामा अनुसार उनलाई शनिबार बेलुका सेटबाटै एम्बुलेन्समा राखेर स्थानीय अस्पताल लगिएको थियो । सोमबार राति हुने द भ्वाइसमा उपस्थित हुनुपर्ने भएकाले उनी सोमबार घर फर्किएका छन् । तर, उनको यो नयाँ प्राजेक्ट अनि अस्पताल भर्नाबारे अहिलेसम्म पनि केही कुरा वाहिरिएको छैन । जोनस परिवार यसलाई गोप्य नै राख्न खोजिरहेका छन् ।

निकले यहि मे २३ मा हुन गैरहेको बिलबोर्ड म्युजिक अवार्ड होस्ट गर्दैछन् ।