ज्याकीको जुत्ता र कपडा सम्हाल्थे सलमान खान, बलिउडमा मैले नै दिएँ ब्रेक- ज्याकी श्रोफ

बलिउड अभिनेता सलमान खानको फिल्म उद्योगमा केही विशेष व्यक्ति छन्, जसको साथ उनी कहिल्यै छोड्दैनन् । सलमानको यस्तै दोस्ती ज्याकी श्रोफसँग पनि छ ।

नवभारत टाइम्सका अनुसार सलमानको ज्याकीसँग सम्बन्ध उनी एक मोडल र सहायक निर्देशकका रुपमा फिल्ममा काम गर्दादेखि भएको हो ।

यो दोस्ती त्यतिबेला देखिको हो जब सलमान खान एक मोडल थिए र फिल्म इन्डष्ट्रिमा कदम जमाउनका लागि सह–निर्देशकको रुपमा काम गरिरहेका थिए । सलमानले मोडलिङ गरिरहँदा ज्याकी त्यो समयको स्टार थिए । यहाँसम्म कि ज्याकीका अनुसार उनकै कारण सलमान खानले पहिलो ब्रेक पाएका थिए ।

ज्याकीको हालैको अन्तर्वार्तामा उनले आफ्नो र सलमानको सम्बन्धबारे भनेका छन् , ‘फिल्म फलक (१९८८) को सुटिङका बेला मेरो कपडा र बुट सम्हाल्ने गर्दथे ।

‘म सलमानलाई एक मोडल र सहायक निर्देशकका रुपमा चिन्दथें । फिल्म ‘फलक’को सुटिङको समयमा सलमानले मेरो कपडा र जुत्ता सम्हाल्थ्यो । उनी सानो भाइका रुपमा मेरो हेरविचार गर्थे’, ज्याकीले भने।

सलमानले ज्याकीलाई हेरविचार गरिरहँदा ज्याकी भने सलमानको तस्बिर निर्माताहरुलाई देखाउथे ।

ज्याकीले थपे, ‘जब उनी (सलमान खान) सह निर्देशकको रुपमा काम गरिरहेका थिए तब मैले उनको तस्बिर ती निर्मातालाई देखाउँथे जोसँग म काम गरिरहेको थिएँ । अन्ततः केसी बोकाडियाका भिनाजुले सलमानलाई बलिउडमा ब्रेक दिए । यद्यपि, सलमान खानले फिल्म ‘मेने प्यार किया’ बाट स्टारडम पाए तर मलाई लाग्छ कि इन्डष्ट्रिमा उनले मेरै कारणले ब्रेक पाएका थिए । यसरी नै हाम्रो दोस्ती भयो । हामी निकै क्लोज छौं र जतिबेला केही ठूलो आउँछ उसले सबैभन्दा पहिला मेरो बारे सोच्छन् ।’

सलमानले फिल्म ‘मैंने प्यार किया’बाट बलिउडमा पाइला चाले । तर ज्याकी आफ्नो कारणले सलमानले ब्रेक पाएको दाबी गर्छन् । ‘हामी निकै नजिक छौं । जब कुनै समस्या आउँछ, तब उसले मलाई सुनाउछ’, उनले भनेका छन् ।

हालै सलमान खान र ज्याकी श्रोफ एक साथ फिल्म राधेः योर मोस्ट वान्टेड भाइमा देखिएका छन् । यो फिल्ममा ज्याकी श्रोफले सलमान खानको बसको भूमिका निभाएका छन् । यसअघि यी दुबैको जोडी फिल्म भारतमा देखिएको थियो । प्रभुदेवाको निर्देशनमा बनेको राधेमा सलमान र ज्याकीबाहेक दिशा पाटनी र रणदीप हुड्डा मुख्य भूमिकामा छन् ।