गम्भीर रोगसँग १० बर्षदेखि जुधिरहेकी छिन् ‘दि कपिल शर्मा शो’की सुमोना चक्रवर्ती

चर्चित इन्डिएन कमेडी रियालिटी शो ‘दि कपिल शर्मा शो’मा काम गरिसकेकी कलाकार सुमोना चक्रवर्तीले आफू लकडाउनको समयमा वेरोजगार भएको उल्लेख गरेकी छिन् ।

सामाजिक संजालमा सुमोनाले लकडाउनको समय आफ्नो लागि सहज नभएको उल्लेख गरेकी छिन् ।

आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू लकडाउनको समयमा कामविहिन भएको बताएकी हुन् । साथै, उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘लकडाउनको समयमा म बेरोजगार भएकी थिएँ । मसँग काम केही पनि थिएनँ । तर, म परिवारको खर्च चलाउन सक्षम छु ।’

सुमोनाले आफू १० बर्षदेखि एक गम्भिर रोगबाट जुधिरहेको पनि उल्लेख गरेकी छिन् । उनका अनुसार, उनी एन्ड्रोमोट्रियोसिस नामक रोगसँग लडिरहेकी छिन् । यो रोग चौथो स्टेजमा रहेको उनले उल्लेख गरेकी छिन् । यसले गर्भाशयमा निकै नै पीडा दिने र यसबाट बच्नका लागि खानपान, व्यायम र तनावविनाको जिन्दगी जिउनु पर्ने उनले उल्लेख गरेकी छिन् ।

सुमोनाले बलिउडमा अब नायक–नायिकाको यूग सकिएको भन्दै राम्रो कथामा काम गर्न चाहेको पनि बताएकी छिन् । उनले आफूलाई साइको वा प्रहरी अफिसर्सको भूमिकामा काम गर्न मन लागेको पनि बताएकी छिन् ।