कोरोनाबाट अभिनेता नितिशको निधन

भारतमा कोरोना संक्रमितको दैनिक सयौ मान्छेहरुको ज्यान गइरहेको छ । उनीहरुसँग कलाकारहरुको पनि ज्यान कोरोनाले लिइरहेको छ । हालै साउथ फिल्मका अभिनेता नितिश वीराको कोरोना संक्रमणबाट निधन भएको छ ।

केही दिन अगाडि मात्र कोरोना संक्रमित भएका नितिशको चेन्नईको ओमानदुरर अस्पतामा उपचारको क्रममा निधन भएको हो । ४५ बर्षका वीराका श्रीमती र ७ र ८ बर्षका दुई छोरी रहेका छन् । नितिशले सुपरहिट फिल्म ‘पुधुपेतई’बाट अभिनयमा डेब्यु गरेका थिए ।

जसलाई निर्देशक सेल्वरघवनले निर्देशन गरेका थिए । यसपछि नितिशले ‘वेन्निला कबठ्डी कुझु’, ‘सिंधनई सेई’, ‘विजय सेतुपतिको ‘लाबम’, ‘पेरारास’र रजनीकान्तको ‘काला’लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका छन् भने उनको पछिल्लो समयको फिल्म ‘असुरन’मा रहेको छ ।