कोरोना संक्रमणबाट निधन भएका चेतन कार्कीको अन्तिम गीत ‘मर्न दिदैन माया’ सार्वजनिक

बरिष्ठ गीतकार चेतन कार्कीले लेखेको गीत ‘मर्न दिदैन माया’ म्यूजिक भिडियो अन्तिम रहेको छ । बरिष्ठ संगीतकार गायक नारायण ओलीको आवाजमा सजिएको गीत ‘मर्न दिदैन माया ‘ म्यूजिक भिडियो सार्वजानिक भएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या भएर छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका कार्कीको ८४ वर्षका उमेरमा आइतबार मृत्यु भएको थियो ।

संगीतकार ओलीले आफ्नो सामाजिक संजालमा सम्झिदै लेखे:

आदरणीय चेतन कार्की ,
‘तपाईंले गन्ती गरे अनुसार एक बर्षमा हाम्रो ६७ वटा गीत भयो भनेको झल्झली याद आउँछ। त्यस् मध्य १८ वटा जति आउने क्रममा थिए। धेरै मलाई गाउन भन्नुभयो , केही फरक स्वरमा थिए।सबै गीतहरु द्वारा नै संगीतबद्ध भएकोले कुनलाइ तपाइँको अन्तिम गीत भनौ ? भने अलमलमा छु।त्यसै मध्यको छायांकन भएको यो गीतलाई नै अन्तिम मानी यो दु:खद घडीमा सबै गीत संगीत साहित्य अनुरागीहरुको माझ सम्झना स्वरुप राखेको छु। अन्य स्टुडियोमा तयार भएका गीतहरू देहरादुन बाट आएपछी सुन्ने अनि अरु नयाँ गर्दै जाने भन्ने तपाइँको बिचारमा दैबको तगारो लाग्यो।तर सृजना भनेको स्रोताको लागि नै भएको हुनाले मेरो तर्फबाट तनमनले भ्याएसम्म पुर्याउने कोशिश गर्नेछु। यो जुनिमा अधुरा रहेका कामहरू अर्को जुनि यदि पाइने भए संगै मिलेर पुरा गरौंला’ ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जा आरुखर्कमा जन्मिएका कार्कीले नेपाली, हिन्दी तथा अङ्ग्रेजी र उर्दू भाषामा थुप्रै कृति प्रकाशन गरेको बताइएको छ । उनका ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ ‘ढलेको गिलास’ र ‘कल्पना टुट चुकी है’, लगायत उपन्यास, ‘जुन निदाउन थाल्यो’ र ‘मायाप्रीतिको चोखो कथा’ गीत सङ्ग्रह, ‘हत्केलाले सधैँ सूर्य छेकिँदैन’, मुक्तक सङ्ग्रह, ‘हो देश मेरो पनि गजल सङ्ग्रहलगायत कृति प्रकाशित छन् ।

‘मर्न दिदैन माया’ म्यूजिक भिडियोम गीतकार सोयमको कन्सेप्ट रहॆको थियो । समाज को वास्तविक घटनालाई भिडियो मर्फात प्रस्तुत गरेको छ । सुभाष प्रधानले सो गीतको निर्माण मा सहयोग गरेका थिए ।

कार्कीले ‘विश्वास’, ‘भुमरी’, ‘पहिलो प्रेम’ फिल्म निर्देशन गरेका थिए । कार्कीका चर्चित गीतमा ‘तीजको रहर आयो बरी लै’, ‘कान्छी हे कान्छी’, ‘बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन’, ‘बुझ्नै सकिनौ आँखाको भाका मेरो’, ‘बहिनीको दया छ भने रोधी घर दाइ नाच्यो नभन’ आदि छन् ।