रोशनी केसीलाई कोरोना संक्रमण

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण भएको छ । उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्भिएपछि उनी होम आइसोलेसनमा बसेकी छन् ।

उनका अनुसार गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मात्र कोरोना चेक गराएकी थिइन् कोरोना चेक गरेपछि उनमा कोरोना पुष्टि भएको हो । उनले ‘डा. खाते’र ‘जानी नजानी’ फिल्म समेत निर्माणका साथै अभिनय समेत गरेकी छन् । साथै म्युजिक भिडियोमा अभिनयका अलवा निर्देशन समेत गर्दै आएकी छन् ।