कोरोना प्रभाव : ‘दि भ्वाइस अफ नेपाल’को नयाँ भागको प्रशारण रोकियो

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को प्रशारण रोकिएको छ । कोरोना भाइरसको संक्रमण बढेको कारण शुक्रबार र शनिबार शोको नकआउट चरणका भागहरु प्रशारण नहुने आयोजकले जनाएको हो । ‘दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेजमार्फत शो कुरा जानकारी दिइएको हो ।

पेजमा लेखिएको छ,‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै सेल्फ आइसोलेसनमा छौ । यो साता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौं ।’
हिजो शुक्रबार र आज शनिबारको शो पनि प्रशारण नहुने भएको छ ।

आयोजकले नयाँ भाग प्रशारण गर्न नसकेको दर्शकसँग क्षमा माग्दै परिस्थिती अनुकुल भए अर्को सातादेखि शो नियमित प्रशारण गर्ने आयोजकले जनाएको छ । अहिलेसम्म ‘दि भ्वाइस अफ नेपाल ३’को १८ भाग प्रशारण भैसकेको छ । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको छ ।