नवराज लम्साललाई पितृशोक

- मेराेफिल्म

कवि तथा गीतकार डा. नवराज लम्साललाई पितृशोक परेको छ ।

लम्सालका पिता टङ्कप्रसाद लम्सालको ८६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

लम्सालको निधनमा विभिन्न साहित्यकार, कलाकार र सर्वसाधारणले श्रद्धाञ्जली प्रकट गरेका छन् ।

डा. लम्साल रेडियो नेपालको कार्यक्रम ‘मधुवन’का सञ्चालक हुन् । रेडियो नेपालका उपनिर्देशकसमेत रहेका उनको सो कार्यक्रम लोकप्रिय छ ।

२०७८ जेठ ९ गते २१:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *