कमेडियन आदर्श मिश्राका पिताको निधन

रियालिटी शो कमेडी च्याम्पियनबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो ।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए । आदर्शका पिता चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका थिए । आदर्शले केहि दिन अघि सार्वजनिक गरेको एक भिडियोमा डायलसिस गराउनुपर्ने मृगौलाका बिरामीको अवस्था निकै नै नाजुक रहेको बताएका थिए ।