वरिष्ठ गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार

- मेराेफिल्म

वरिष्ठ गायक दिप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

कोरोना संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको स्वास्थ्यमासुधार आएको हो ।

श्रेष्ठ निर्णायक रहेको गायन रियालिटी शो भ्वाइस अफ नेपालका निर्देशक शुशील नेपालले श्रेष्ठको स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् । उनले फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् , ‘भर्खरै भेटेर आईयो।।।आदरणीय महागुरू कोच दिपको स्वास्थ्यमा घेरै नै सुधार देख्दा मन निकै प्रफुल्लित भएको छ। आशा गरौ चाडो भन्दा चाडो उहाँलाई कोचको कुर्सीमा देख्न पाउने छौ।

अस्पतालमा रात दिन नभनि खटिरहनु भएका डॉक्टरहरू, नर्सहरू लगायत अरू स्वास्थ्य कर्मी र विश्व भरी छरेर रहनु भएका उहाँको करोड़ौ प्रशंसक, श्रोताहरु, साथी-भाईहरूको प्रार्थनाले गर्दा पनि यो सम्भव भएको छ।’

२०७८ जेठ १८ गते १७:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *