२ साता अघि रोकिएको ‘भ्वाइस अफ नेपाल३’ आजबाट पुनःप्रसारण

कोरोनाका कारण बन्द रोकिएको रियालिटी शो ‘भ्वाइस अफ नेपाल३’ पुन प्रसारण हुने भएको छ । करिव २ सातासम्म रोकिएको ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको हो ।

यस रियालिटी शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि २ साता अघि शो रोकिएको थियो । कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो भने अहिले प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । यता कोच दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।