नेपाली फिल्म – बिगतदेखी बर्तमानसम्म

- मेराेफिल्म

देशको परम्परा, संस्कृती, रीतिरिवाज, पर्यटन, ईतिहास र राजनैतिक परिवर्तन तथा मनोरञ्जनलाई एकसाथ प्रर्वद्धन गर्नमा फिल्मको ठुलो योगदान रहेको हुन्छ । यसैको माध्यमबाट देशको पहिचान अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउन फिल्मको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।

नेपाली फिल्म क्षेत्रको पनि ईतिहासलाई केलाउने हो भने यसको ईतिहास पनि लामै छ । बिभिन्न आरोह अवरोह पार गर्दै नेपाली फिल्मको ईतिहास पनि करिब ५७ बर्ष पुगेको छ । नेपाली फिल्मको ईतिहास हेर्दा नेपाली भाषामा निर्माण भएको पहिलो फिल्म हरिश्चन्द्र हो । यो भारतको कलकताबाट निर्माण भएको थियो । यसलाई नेपाली भाषमा डबिङ्ग गरेर सार्वजनिक गरिएको थियो । यो फिल्म २००८ भदौ ३० गते प्रर्दशनमा आएको थियो । यो फिल्मलाई संघ राठीले निर्देशन गरेका ईतिहास पाईन्छ ।

नेपाली फिल्मको स्थापना काल

नेपालबाट निर्माण गरिएको पहिलो फिल्म ‘आमा’ हो । यो फिल्म तत्कालिन श्री ५ को सरकार प्रचार प्रशार मन्त्रालयको प्रचार बिभागबाट निर्माण भएको थियो ।

बि.स २०२१ असोज २२ गते बुधबार प्रर्दशनमा आएको फिल्मलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए । यसका मु्ख्य कलाकारमा नेपालका पहिलो नायक शिव शंकर मानन्धर र नेपालको पहिलो अभिनेत्री भुवन थापा चन्द हुन । अभिनेत्री थापा त्यो समयमा १५ बर्षकी थिईन् । बि.स २०१८ सालबाटै निर्माण थालनी भएको फिल्म हो माईतीघर पहिलो पटक नेपालमा प्राईभेट कम्पनी सुमोञ्जली फिल्मस् प्रा।लीबाट बनेको यो फिल्म २०२२ सालमा मात्र प्रर्दशनमा आएको थियो । फिल्मलाई बि.एस. थापाले निर्देशन गरेका थिए ।

फिल्ममा माला सिन्हा र चिदाम्बर प्रसाद लोहनीको मुख्य भुमिकामा रहेका थिए । पछि यो जोडीले बिबाह समेत गरेका थिए । यसमा भारतिय कलाकार सुनील दतको पनि बिशेष भूमिका रहेको थियो । फिल्मलाई भारतिय कलाकार तथा गायक गायिका निकै साथ दिएको पाईन्छ । हिरासिंह कार्किको निर्देशनमा सरकारी तवरबाट बि.स २०२३ सालमा हिजोआजभोली र बि.स २०२७ सालमा परिर्वतन फिल्म निर्माण भएका थिए ।

त्यसपछि तत्कालिन सरकारबाट फिल्म क्षेत्रलाई थप टेवा पुरर्याउन बि.स. २०२७ सालमा शाही नेपाल फिल्म संस्थानको गठन भएको थियो । गठन भएपछि सोही संस्थानबाट बि.स. २०२९ सालमा फिल्म मनको बाँध निर्माण भएको थियो । यो फिल्मलाई प्रकाश थापाले निर्देशन गरेका थिए। यसमा नायकमा सल्यान के.सी र नायिका सुषमा शाही थिए ।

समयको परिवर्तनसँगै नेपालमा पनि बि.स २०३३ सालमा प्रेम बहादुर बस्नेतको निर्देशनमा पहिलो नेपाली रंगीन फिल्म कुमारी निर्माण भएको थियो । फिल्ममा सल्यान केसी र चैतन्यदेवी नायक नायिका थिए । बि.स. २०३४ सालमा फिल्म परालको आगो निर्माण भएको थियो ।

प्रताप सुब्बा निर्देशित फिल्ममा सिनेरोमा ब्यानरमा बनेको थियो । यसमा टंक शर्मा सुस्मिता ढकाल र नयाँ कलाकारको रुपमा बसुन्धरा भुषालको समेत अभिनय रहेको थियो । यसका पहिलो पटक नेपाली महिला संगितकार शान्ति ठटालले संगीत भरेकी थिईन् ।

नेपाली फिल्मको स्वर्णिमकाल

शाही नेपाल फिल्म संस्थानबाट बि.स. २०३७ सालमा सिन्दुर फिल्म बनेको थियो । प्रकाश थापाको निर्देशनमा बनेको फिल्मका मुख्य कलाकारमा मिनाक्षी आनन्द, बिश्व बस्नेत र नीर शाह रहेका थिए । यो फिल्मले उपत्यकाका बिभिन्न हलमा संयूत रुपमा ५२औं हप्ता मनाएको थियो। भने एक्शनकिंग नायक शिव श्रेष्ठको डेब्यू फिल्म जीवनरेखा बि.स २०३९ साल मंसिर ६ गते प्रर्दशनमा आएको थियो । यो फिल्म पनि ब्यबसायिक सफलता पाएको थियो । यो फिल्म बिभिन्न हलमा ६ महिनासम्म प्रर्दशनमा आएको थियो ।

यी फिल्मको सफल प्रर्दशन पछि नेपालमा फिल्मको राम्रो सम्भावना देखियो । यी दुई फिल्मले ऐतिहासिक सफलता पाएपछि प्राईभेट कम्पनीहरु पनि फिल्म निर्माणमा हात हाल्न थाले । फिल्म क्षेत्र अलि बिस्तार हुन थाल्यो हरेक बर्ष फिल्म निर्माण हुने क्रम बढन थाल्यो। पहिला मुस्किलले ३/४ बर्षमा एउटा फिल्म बन्नेमा हरेक बर्ष फिल्म निर्माण हुन थाल्यो ।

नयाँ कलाकारहरुको जन्महुन थाल्यो। बि.स २०३७ सालदेखी बि.स २०४६ सालसम्म करिब २५ वटा फिल्महरु निर्माण भए जसमा सरकारी तवरबाट कम र प्राईभेट कम्पनीबाट बढी निर्माण भएका थिए । यस समयमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, बसुन्धरा भुषाल जस्ता लेजेण्ड (पौराणिक व्यक्ति) कलाकारको जन्म भयो । यस समयमा बनेका धेरै फिल्महरु नेपाली मौलिकपन, कला, संस्कृत, गीतसंगितले अत्याधिक सफलता पाएका थिए । नेपाली फिल्महरु निकै सफलतापूर्वक प्रर्दशनमा आए । जसमा कुसुमेरुमाल फिल्मले त सिल्भरजूब्ली समेत मनाउन सफल भयो । यो समय नै नेपाली फिल्म क्षेत्रको एउटा स्वर्णिमकाल बन्न पुग्यो ।

प्रजातन्त्रको उदयसँगै फिल्म क्षेत्रको ब्यबसायिक सफलता

यही बिच देशमा राजनिती परिर्वतन भयो प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको स्थापनासँगै फिल्मनिर्माणले निकै तिब्रता पायो । बर्षमा ३० वटासम्म फिल्म निर्माण हुन थाले । देशभर हलहरु खुल्न थाले फिल्मले ब्यबसायिक सफलता पाउन थाले । धेरै निर्देशक, निर्माता र कलाकारहरुको जन्म भयो । बिभिन्न बिधाका फिल्म निर्माण हुन थाले । यही समयमा राजेश हमाल, कृष्टि मैनाली, करिष्मा मानन्धर, सरोज खनाल, धिरेन शाक्य, मेलिना मानन्धर, श्रीकृष्ण श्रेष्ठ, निरुता सिंह, बिपना थापा, मौसमी मल्ल जस्ता स्टार कलाकारको जन्म भयो । यस समयमा अत्याधिक ब्यस्त नायकका रुपमा राजेश हमाल रहन गए । उनलाई आफ्नो फिल्मको छायांकनको सेडुअल मिलाउन समेत हम्मे हम्मे पर्ने गरेको त्यो बेलाका समकालिनहरु बताउछन् । फिल्मबन्ने र प्रर्दशन हुने क्रम बढदो थियो । यस अवधीमा ठाँऊठाँऊमा सिनेमा हलहरु खुल्दै गए । यसबिचमा देशभर करिब ३०० वटा हल सञ्चालनमा आएका थियो । नेपाली फिल्म बजारमा हिन्दी फिल्मको दबदबा भएको समयमा नेपाली फिल्मले धेरै सफलता पाउन थाले । धेरै नयाँ नयाँ निर्माताहरु अगाडी बढे फिल्म बजार एकदम चलायमान भयो । यो कालपनि नेपाली फिल्म क्षेत्रको लागी ब्यबसायिक सफलकाल बन्न पुगेको थियो ।

माओबादी द्धन्दकाल पछि नेपाली फिल्म क्षेत्र अवस्था

नेपाली फिल्मले सफलता हासिल गरीरहेको बेला देशमा एकाएक माओबादी जनयुद्ध शुरु भयो । बिस्तारै नेपाली फिल्म क्षेत्रमा पनि यसको असर पर्न थाल्यो । यो बिचमा फिल्महरु कम बन्न थाले । सिनेमा हलहरु बिस्तारै बन्द हुन थाले । यही कारण कलाकारहरु तथा प्राबिधिकहरु काम बिहिन हुन पुगे । उनीहरु बिस्तारै बिदेश पलायन हुने क्रम बढन थाल्यो ।

फिल्म बनेपनि कम बजेटमा कम मात्रामा निर्माण हुन थाले । खुलेका हलहरु पनि भटाभट बन्द हुन थाले । एकप्रकारले फिल्म क्षेत्र ओरालो तिर लाग्यो । तर पनि केही फिल्महरु बन्ने क्रमभने रोकिएन । यहि समयमा केही फिल्मकर्मीले धार परिवर्तन गरी सिमारेखा, बलिदान, आगो जस्ता फिल्म बनाए । ती फिल्म सफल पनि भए । यस अवधीमा चिनो, ठुल्दाई, दर्पणछाया, सुपरस्टार जस्ता फिल्मले ब्यबसायिक सफलता पनि पाए ।

यही समयमा झरना थापा, रेखा थापा, सञ्चिता लुईटेल दिलिप रायमाझि जस्ता व्यक्ति (स्टार) नेपाली फिल्म क्षेत्रमा उदय भयो । जसमा रेखा थापाले अत्याधिक फिल्ममा आफ्नो दबदबा कायम गर्न सफल भईन् । देशमा राजनिती वातावरणमा परिवर्तन आयो । जनयुद्ध गरीरहेको माओबादी पनि मुलधारमा आएपछि देशमा शान्ति स्थापना भयो । पुःन नेपाली फिल्म क्षेत्रले बिस्तारै आफ्नो रफ्तार बढाउन थाल्यो । यही बिचमा यो क्षेत्रमा यूवा पूस्ताको आगमन हुन थाल्यो । कागवेनी, सानोसंसार, मेरो एउटा साथी छ, कोही मेरो जस्ता फिल्मले दर्शकलाई तान्यो । यूवापूस्तालाई पनि नेपाली फिल्म हेर्न हलसम्म तान्यो । त्यसपछि नेपाली फिल्म लुट अत्याधिक सफल भएपछि यो फिल्मले धार नै परिर्वतन गरिदियो । यो फिल्म ब्लकबस्टर साबित भयो । यस समयमा एककिसिमले नेपाली फिल्मको धार नै परिवर्तन भएको थियो । फेरी फिल्महरु बन्ने क्रम बढन थाल्यो । बर्षमा करिब एक सय वटासम्म फिल्म बन्न थाले । हलहरु पनि बिस्तारै खुल्न थाले शहरमा मल्टिपलेक्स हलहरु खुल्न थाले । नेपाली फिल्म हिन्दी सिनेमासँग प्रतिस्पर्धा गर्ने स्तरका बन्न थाले । यसले गर्दा दर्शकको संख्या दिनानुदिन बढदै गयो । नेपाली फिल्म क्षेत्रको स्तरोन्नती हुदै गएको थियो ।

महाभुकम्प नाकाबन्दी र कोरोना भाईरसको महामारी

बि.स २०७२ सालमा महाभुकम्प गयो । यसको असर हरेक क्षेत्रमा पर्यो । नेपाली फिल्म क्षेत्रमा पनि यसको धक्का पुग्यो । कर्यौ महिना सिनेमा हलहरु बन्द भए । सिनेमा क्षेत्र फेरी पछाडी धकलियो । बिचमा फेरी नाकाबन्दी समेत भएर जनजीवन अस्तब्यस्त भयो । केही समयपछि मानिसहरुको जीवन सामान्य तिर फर्कदै गर्दा फिल्म बजारले पनि बिस्तारै गति लिन थाल्यो । स्तरिय फिल्म बन्न थाले । फिल्म बजार अन्र्तराष्ट्रिय स्तरसम्म पुग्यो । राम्रा फिल्मले देश बाहिरबाट पनि राम्रो आम्दानी गर्न थाले । नेपालमा सिनेमा हलमा राम्रो ब्यबसायिक सफलता पाउन थाल्यो । युवापुस्ताले यस क्षेत्रमा प्रवेश पाए । यस अवधीमा नेपाली फिल्मको छायांकन, प्राविधिक पक्ष, निर्देशकिय पक्ष र अत्याधुनिक सिनेमा हलहरु खुले, जसको कारण नेपाली फिल्मका दर्शकहरुको संख्यामा उल्लेखनिय बृद्धि भयो । बढी जसो नेपाली फिल्म बिदेशहरुमा छायांकन हुने क्रम बढन थाल्यो ।

नेपाली फिल्म क्षेत्रले गती लिईरहेको समयमा एकाएक विश्वमा कोभिड-१९ कोरोना महामारीको असर देखा प¥यो । जसको असर बिस्तारै नेपालमा पनि यसको संक्रमण फैलन शुरु ग¥र्यो । जनजीवन अस्तब्यस्त भयो । फलस्वरुप २०७६ साल चैत्र ११ गतेदेखी नेपालमा लकडाउन भयो । सिनेमा हलहरु पुरै बन्द भए । फिल्मको छायांकन पनि बन्द भयो । यससँग सम्बन्धित कलाकार, प्राबिधिक, हल र यसका कर्मचारीहरु बिस्तारै काम बिहिन हुदै गए । यो समय करिब एकबर्ष पुगेपछि कोरोनाको पहिलो चरण अलि सहज स्थिती हुदैगएको थियो । जनजीवन अली सामान्य तिर जानेगरी सरकारले लकडाउनलाई केही खुकुलो बनायो । तर हलहरु खोल्न अनुमति दिइएको थिएन । बिचमा केही फिल्म छायांकनमा गए । केही फिल्मघोषणा भए । फिल्म कर्मिले हल खोल्न सरकारलाई दबाब दिईरहेका थिए ।

यही बिच अभिनेता शिव श्रेष्ठले आफ्नो फिल्म एउटा यस्तो ‘प्रेम कहानी’लाई हलमा रिलिज गर्ने निधो गरे। पटक पटक प्रयास गर्दा हल नखोलेपछि उनी प्रधानमन्त्री कहाँ नै गएर भएपनि हल खोल्ने साहसिक काम गरे । हलहरु खुले तर दर्शक फिल्म हलमा आएनन । त्यसपछि अरुले हलमा फिल्म चलाउने हिम्मत गर्न सकेकनन् । अन्नत फेरी सिनेमा हल स्वत बन्द भए । यही क्रममा फेरी कोरोनाको दास्रो लहर शुरु भयो । अलिअलि चलायमान हुन्छकी भन्ने आशामा रहेका फिल्मकर्मि फेरी निरास भए । यो बिचमा करिब ३ दर्जन फिल्म छायांकन मा जाने तयारी मा थिए । भने केही आशा लाग्दा फिल्म प्रेमगीत ३, म यस्तो गीत गाउछु जस्ता फिल्मबनेपनि रिलिज गर्न सक्ने अवस्था भएन । अन्नत फेरी फिल्मक्षेत्र निकै पछाडी धकलिन पुग्यो ।

यस क्षेत्रका जानकारहरु बताउछन् कि अब फेरी यो क्षेत्र सामान्य किसिममा जान र बर्षमा १०० वटा फिल्म बन्नको लागी आठ देखी दश बर्ष लाग्ने अनुमान गरीएको छ । यस्ता बिभिन्न समस्याका बाबजुत पनि नेपाली फिल्म क्षेत्रलाई बिशेष गरी निर्माताहरुको हिम्मतबाट अगाडी बढदै आएको छ । यो क्षेत्रलाई नेपाल सरकारले जुन किसिमले साथ सहयोग र हौसला दिनुपर्ने हो । त्यो किसिमबाट कुनै सहयोग भएको पाईदैन । देशको संस्कृती, रीतिरिवाज, पर्यटन प्रबद्र्धन, ईतिहास र मनोरञ्जनलाई प्रस्तुत गरी नेपाललाई देश बिदेशमा पुरर्याउने फिल्म क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन जरुरी छ । सरकारले अभिभावकको भूमिका निर्बाह गर्न जरुरी छ । जबसम्म सरकारबाट यस किसिमका सहयोग र सहकार्य गर्ने प्रणालीको बिकास हुदैन तवसम्म यो क्षेत्रका बिकराल समस्याहरु जहाँको तही हुनेछन् । एकपटक सरकारको ध्यान नेपाली फिल्म क्षेत्रतिर जान जरुरी छ ।

जय नेपाली सिनेमा

चक्र बहादुर चन्द
सामाजिक अभियन्ता एवं कार्यकारी निर्माता प्रेमगीत ३

२०७८ जेठ २४ गते १४:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *