चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ फेरि युट्युवमा फर्कियो

- मेराेफिल्म

पशुपति शर्माले गाएको चर्चित गीत ‘लुट्न सके लुट कान्छा’ पुनः युट्युवमा फर्किएको छ । दुईवर्षअघि युट्युवमा प्रिमियर भएको यो गीत राजनीतिक दबाबकै कारण शर्माले युट्युवबाट हटाएका थिए ।

यसैसाता उनले आफ्नो युट्युव च्यानलमार्फत उक्त गीत पुनः सार्वजनिक गरेका छन् । त्यतिबेला गीत सार्वजनिक भएपछि सत्तामा रहेको दल नेकपा समर्थक र नेताले सामाजिक संजालमा चर्को आलोचना गर्दै विरोध जनाएपछि गीत हटाएका थिए ।

सो गीतमा वाइडबडीको भ्रष्टाचारीमाथि कार्वाही नभएको, सुब्बा खरदारले भ्रष्टाचार गर्ने गरेको, अरबौंको हेलिकोप्टर राष्ट्रपतिलाई किनिएको, सरकारी डाक्टरले क्लिनिकमा बिरामी बोलाउनेजस्ता कुराहरु उल्लेख गरिएको छ ।

 

२०७८ जेठ २५ गते १६:०३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *