कोरोना संक्रमणका कारण संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको निधन

संस्कृतिविद् एवं‌ कलाकार एकाराम सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ ।

बाल साहित्य एवं‌ चित्रकलामा ख्याति कमाएका उनको ५३ वर्षको उमेरमा सोमबार ज्यान गएको हो ।

उनी कपनस्थित करूणा अस्पतालको आइसियुमा उपचाररत थिए । काठमाडौं महानगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रममा समावेश हुने चित्रकला तयार पारेका उनले राणा प्रधानमन्त्री एवं‌ राजपरिवारका सदस्यहरूको समेत कैयौं चित्र कोरेका छन् ।

उनले लिच्छविदेखि मध्यकालसम्मका संस्कृति झल्किने विभिन्न चित्रकला समेत उतारेका छन् । उनको निधन प्रति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले दु:ख व्यक्त गरेको छ ।