‘चुरीफुरी’ युनिटले गर्यो २५ परिवारलाई खाद्यान्य सहयोग

एक महिना भन्दा बढि निषेधाज्ञाका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारलाई फिल्म ‘चुरीफुरी’को टिमले खाद्यान्न सहयोग गरेको छ । काठमाडौं बसुन्धराका करिब २५ परिवारलाई यस टिमले सहयोग गरेको हो । फिल्मका निर्देशक ऋषि राज आचार्यका अनुसारफिल्म युनिटले ति परिवारलाई चामल, दाल, नुन, तेल, बिस्कुट लगायतका खाध्यान्न र मास्क समेत बितरण गरेको छ भने एकल महिला, अपाङ्ग तथा मृगौला बिरामीका परिवारलाई समेत राहत बितरण गरेको हो ।

आर.बि.मुभिजको ब्यानरमा ‘चुरीफुरी’मा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी ), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य ,राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), लगायत कलाकारको अभिनय रहेको छ । फिल्म आगामी १ असोजबाट रिलिज गर्ने निर्माण पक्षले बताउँदै आएको छ ।