गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज

- मेराेफिल्म

गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी ह्याम्स अस्पताल भर्ना हुनुभएका थिए

अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि मंगलबार मात्रै उनलाई आइसीयूबाट क्याबिनमा सारिएको थियो ।

‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको जानकारी दिए ।

‘उहाँ स्वस्थ हुनुभएको छ । अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो । अब केही दिन घरमै आईसोलेसनमा बस्नुहुनेछ’ – निर्देशक पौडेलले बताए ।

डिस्चार्ज हुनुअघि उाको पुनः कोरोना परीक्षण गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन् । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।

२०७८ जेठ २७ गते १८:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *