‘स्टुडेन्ड अफ दि इयर–३’ बाट सञ्जय कपुरकी छोरी शानायाले डेब्यु गर्ने

- मेराेफिल्म

बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भएकी छन्।

एक रिर्पोटले शानायाले करणको नयाँ फिल्मबाट डेब्यु गर्ने र यस फिल्मको निर्देशन शंशाक खेतानले गर्ने खुलाएको हो।

फिल्मको लिड रोलमा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने र फिल्म आगामी वर्ष रिलिज हुने रिर्पोटमा उल्लेख छ।

बलिउडको शक्तिशाली फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्शनले स्टार किड्सहरुलाई बलिउडमा डेब्यू गराएर नेपोटिज्म’लाई अगाडि बढाउन भूमिका खेलिरहेको भन्दै आ रोप लागे पनि स्टार किड्सहरुलाई डेब्यू गराउन छाडेका छैनन् ।

सनायाले फिल्म ‘गुञ्जन सक्सेना’मा पनि सहयोगीको रूपमा काम गरिसकेकी थिइन् । उनले हालै मात्र एक वेब सिरिजमा पनि काम गरेकी थिइन् ।

२०७८ जेठ २७ गते २१:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *