९८ वर्षका दिलिप अस्पतालबाट डिस्चार्ज हुँदा श्रीमतीले बाटौ चुमिन

बलिउडका चर्चित अभिनेता दिलिप कुमार आज अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ दिन अघि स्वास प्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनी डिस्चार्ड भएर स्ट्रेचरमा बाहिर ल्याउँदा खुसीले उनकी श्रीमती सायरा बानोले दिलिपको निधारमा चुमिन् भने कहिले हात हल्लाएर बाहिर उपस्थित मिडियाकर्मीलाई अभिवादन गरिन् । उनले श्रीमान निको भएर बाहिर आउँदा उनले निधारमा निकै बेर चुमिरहिन् ।

जुन तस्विर अहिले सामाजिक सञ्जालमा छाइरहेको छ । आइतबार सास फेर्न समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अनुसन्धानमा फोक्सोमा पानी भरिएको पत्ता लागेको अस्पतालले जनाएको छ । यो स्थितिलाई बाइलिटरल प्ल्यूरल इफ्यूजन भनिन्छ । हिन्दुजा अस्पतालका डा. जलिल पारकरले भने, ‘फोक्सोमा पानी भरिनु उमेर सम्बन्धित समस्या हो ।’

दिलिप कुमारको तर्फबाट फैजल फारुखीले डिस्चार्ज भएको जानकारी दिदै लेखेका छन्, ‘तपाईंहरुको प्रेम, स्नेह र प्रार्थना लिएर दिलिप साहब अस्पतालबाट घर जाँदै हुनुहुन्छ । ’