हरि लम्सालको ‘यो शिर झुकेको छैन’

गायक तथा कुशल संगीतकार हरि लम्सालले  ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ  ।

टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली  र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ  । शक्ती पाख्रिनको निर्देशनमा बनेको भिडियोमा मिलन एक्स तामांगको  सिनेमाटोग्राफी र अन्जल शर्माको को सम्पादन रहेको छ भने केशब भट्टराई र निरज अर्यालको लगानी रहेको छ ।