अश्लिल गीत बनाएको आरोपमा कलाकारविरुद्ध उजुरी

भोजपुरी सुपरस्टार खेसारी लाल यादव विरुद्ध मुम्बईमा उजुरी दर्ता भएको छ । उनीमाथी महिलालाई लिएर अश्लील गीत बनाएको आरोप छ । उनलाई ‘सनातन सेवा फाउन्डेशन’का प्रमुख श्री सरजीत सिंहले बिहीबार उनी विरुद्ध आपराधिक मामलामा उजुरी दर्ता गराएको समाचार छ । उनीमाथी गरिएको उजुरीमा खेसारी लाल यादवले पैसा कमाउने उदेश्यले अश्लिल गीत र भिडियो बनाएको आरोप छ ।

उनी विरुद्ध भारतीय दण्ड संहिताको धारा २९२, २९४ तथा ३५४ अन्तर्गत केस गरिएको छ । उनको हालै ‘चाची के बच्ची सपनवा मे आती है’बोलको गीत रिलिज गरेका थिए । यो गीतले समाजमा महिलाको सम्मानमा ठेस पुगेको छ र उजुरीमा स्क्रिन सट समेत प्रमाणको रुपमा राखेर कडा कारबाहीको माग गरिएको उजुरीमा भनिएको छ ।

यस अघि पनि उनी विरुद्ध केस दर्ता भएको थियो । केहि वर्षअघि खेसारी बिरुद्ध लखनउ, उत्तर प्रदेशमा केस दर्ता भएको थियो । मार्च २०२१ मा फिल्म निर्देशक राजकुमार पाण्डेले उनलाई धम्की र अभद्र व्यवहारको आरोप पनि छ । त्यस्तै यादवले सामाजिक संजालमा निर्देशकका लागि अपमानजनक टिप्पणी र धम्की दिएका थिए ।