फिल्म ‘पृथ्वीराज’ को छायांकनमा जुटे अक्षय

कोरोनाको संक्रमण घटेपछि भारतको मुम्बईमा लकडाउन हटाइएको छ ।

धेरैभन्दा धेरैलाई खोप लगाएर मुम्बईको बजार विस्तारै खुल्न थालेका छन् । यसै क्रममा अब मुम्बईमा बलिउडकर्मीले छायांकन गर्न पाउने भएका छन् ।

यस्तै अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको छायांकन यसै साताबाट सुरु हुने भएको छ ।

सो फिल्मको सेट अहिले धमाधम निर्माण भइरहेको छ । अभिनेता अक्षय कुमारले फिल्मको सेटको निरीक्षण गर्दै केही दिनमा आफूहरू छायांकनमा उत्रने बताएका छन् ।

अभिनेता अक्षय कुमारको पृथ्वीराज फिल्म निकै महत्वकांक्षी फिल्म हो । यो फिल्मको नाम पृथ्वीराज चौहान राख्नुपर्छ भनेर मुम्बईलगायत देशका करणी सेनाले आवाज उठाउँदै आएका छन् ।

यो फिल्मका निर्माता आदित्य चोपड, अभिनेता अक्षय कुमारलगायत विरुद्ध उनीहरूले मुद्दा पनि दायर गरेका छन् ।

यता फिल्मको छायांकन तयारीमा जुटेका अक्षय कुमारले पृथ्वीराज युनिटको सम्पूर्णलाई कोरोनाविरुद्ध खोप लगाएर मात्र काम गर्न माग गरेका छन् । उनको मागलाई निर्माण पक्षले स्वीकार गरिसकेको छ ।