रियालिटी शो ‘सिक्रेट क्रस’मा अनिता लिम्बुको चर्चा

लन्डनमा बस्दै आएकी मोडल अनिता लिम्बुको यतिबेला खुवै चर्चा रहेको छ । उनले हालै चर्चित रियालिटी शो ‘सिक्रेट क्रस’मा सहभागीता जनाएकी थिइन् । जसका कारण उउनले दर्शकको मन जितेकी छन् । ताप्लेजुङमा जन्मिएकी अनिता मोडलिङ र डान्सिङमा सानैदेखि रुची राख्दै आएकी थिइन् ।

आइ टीभी टूबाट प्रशारण हुँदै आएको छ । यस कार्यक्रमलाई आई टीभी हब मार्फत जुनसुकै समयमा पनि हेर्न सकिनेछ । नेपालमा प्लस टू सम्मको अध्ययन सकेर बेलायत पुगेकी अनिताले ब्युटी थेरापी सम्बन्धी अध्ययन पुरा गरेकी छन् । उनले यस अघि बर्हिगमनको एक फेशन शोबाट मोडलिङ यात्रा सुरु गरेकी थिइन् । अनिताले विभिन्न सौन्दर्य प्रतियोगीतामा पनि भाग लिइसकेकी छन् भने केही म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।