मनिषा अभिनित ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’ ट्राइबेका फेस्टिभलमा

अभिनेत्री मनिषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’फिल्म फेस्टिभलमा छानिएको छ । प्रतिष्ठितमध्येको एक ट्राइबेका फिल्म फेस्टिभल बुधबारदेखि न्यूयोर्कमा सुरु भएको हो ।

भेराइटी म्यागजिनले उक्त फेस्टिभलमा प्रदर्शन हुने फिल्मलाई सूचीकृत गर्दै प्रतीक्षित ११ फिल्मको सूची तयार पारेको थियो । जसमा अभिनेत्री मनीषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्वीट एन्ड स्पाइसिज’ पनि समावेश भएको छ । मनिषाको फिल्मलाई म्यागजिनले प्रतीक्षित सूचीमा राखेको छ । जसका कारण आफु निकै हर्षित भएको मनिषाले बताएकी छन् । गीता मलिकले निर्देशन गरेको फिल्ममा एक कलेज युवतीको प्रेमकथालाई देखाउन खोजेको छ । कलेज पढ्ने युवतीको प्रेमभाव फिल्ममा समावेश रहेको छ । जसको मुख्य पात्रका रुपमा मनिषा रहेकी छन् ।