‘त्रिनेत्र, अजम्बरी नाता’का छायांकार प्रधानको निधन

फिल्म क्षेत्रमा लामो समयदेखि क्यामेरा चलाउदै आएका छायांकार राम शंकर प्रधानको निधन भएको छ । उनको हिजो बेलुका १०ः३० बजे वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालफेसबुकमार्फत प्रधानको निधन भएको बताएका हुन् । प्रधानले लामो समयदेखि डायलासिस गराउँदै आएका थिए । उनको ७२ वर्षको उमेरमा निधन भएको हो ।

प्रधानले ‘चलचित्र’, ‘फेरि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली फिल्म छायांकन गरेका छन् । प्रधानको सोमबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।