ह्याप्पी बर्डे नम्रता श्रेष्ठ

नेपाली फिल्ममा सुन्दर अभिनेत्रीको रुपमा चिनिएकी नम्रता श्रेष्ठले आज आफ्नो जन्मदिन मनाउँदैछिन् । सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, फिल्मकर्मी लगायत उनका फ्यानहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।
फिल्म ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी नम्रताले यहि फिल्मबाट नै दर्शकको मन जितेकी थिएन् । पहिलो फिल्मबाट नै दर्शकमाझ चिनिएकी नम्रताले यसपछि ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरेकी थिइन् । चर्चाको शिखरमा पुगेको बेला नै उनलाई नराम्रो बज्र आइपर्यो । उनी चर्चामा रहेकै बेला एक गोप्य भिडियो बाहिरिएपछि नम्रताको करिअरमा ब्रेक लागेको थियो ।

त्यसपछि उनी केही समय गुमनाम जस्तै बनिन् । किनभने उनलाई त्यो भिडियोले करियर नै डामाडोल बनाइदियो । लामो समयपछि नम्रताले ‘नोभेम्बर रेन, क्लासिक’ लगायतका फिल्ममा अभिनय गरेर फर्किइन् । प्राय सबै फिल्मले उनलाई पुनः उचाईमा पुर्याउन सफल भए । उनी अभिनित फिल्म ‘क्लासिक’बाट त उनले अधिकांश अवार्ड जितेकी थिइन् । नेपाली फिल्म क्षेत्रलाई उचाईमा पुर्याउने उनै नम्रतालाई जन्मदिनको धेरै धेरै शुभकामना । यहाँको आगामी दिन शुभ रहोस् । हाम्रो तर्फबाट भव्य शुभकामना छ ।