हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’ सार्वजनिक

गायक हेमन्त शर्माको नयाँ गीत ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ ।

सोमबार गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनलाई गायिका एलिना चौहान साथ दिएकी छन् । गीतका शव्द तथा संगीत स्वयं शर्माकै छ । गीतलाई कृष्ण विकको एरेन्ज गरेका हुन् ।

मार्मिक शब्द रहेका गीतको भिडियोमा शर्मा र चौहनले अभिनय गरेका छन् । फिल्म निर्देशक समेत रहेका निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको सिनेम्याटोग्राफी छ भने भिडियोको सम्पादन विकास धमालाले गरेका हुन् ।

निषेधाज्ञामै छायांकन भएकाले भिडियोमा गायक र गायिका मात्र देखिएको गायक शर्माको स्पस्टोक्ति छ । गीतको भिडियो छायांकन बसुन्धारास्थित गोधुली फुडल्याण्डमा भएको हो ।